September 26, 2017

२०७३ को मदन भण्डारी राष्ट्रिय पुरस्कार ‘धुर्मस सुन्तली फाउण्डेसन’ लाई

काठमाण्डौ, १३ असार । वि. सं. २०७३ को मदन भण्डारी राष्ट्रिय पुरस्कार ‘धुर्मस सुन्तली फाउण्डेसन’ ले पाउने भएको छ ।

भूकम्पबाट ध्वस्त भएको नेपाली जनताको आवास निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै यो सम्मानका लागि ‘धुर्मस सुन्तली फाउण्डेसन’ हकदार भएको हो । यही असार १४ गते जननेता मदनभण्डारीको ६६ औं जन्म जयन्तीका अवसर पारेर पुरस्कार तथा सम्मान प्रदान गरिने जनाइएको छ ।

मदन भण्डारी प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै सम्मान र पुरस्कार ‘धुर्मस सुन्तली फाउण्डेसन’ का संस्थापक कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ लाई दिइने बताएको छ ।