August 17, 2017

आईपिएल अन्तर्गत आजको खेलमा मुम्बई र पुने भिड्दै

काठमाण्डौ, ११ वैशाख । इन्डियन प्रिमियर लिग (आईपिएल) को २८ औं खेलमा तालिकाको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्स र पाँचौं स्थानमा रहेको राइजिङ पुने सुपर जायन्ट्सबीच खेल हुँदैछ ।

मुम्बईको वाखडे स्टेडियममा राति ८ः १५ मा हुने खेलमा पुने फेरी एकपटक मुम्बईलाई हराउने दाउमा हुनेछ भने मुम्बई पहिलो हारको बादला लिने रणनीतिका साथ मैदानमा उत्रनेछ ।

मुम्बईले ७ खेलमा ६ खेल जित्दै १२ अङ्क बटुलेको छ भने पुनेले ६ खेलबाट ३ खेल जित्दै ६ अङ्क बटुलेको छ । पछिल्लो ६ खेलमा ६ खेल नै जितेको मुम्बई पुनेका लागि टाउको दुखाईको विषय हुनसक्ने अपेक्षा गरिएको छ ।