अबदेखि ज्येष्ठ नागरिक र शारीरिक रुपमा अशक्तले साझामा निःशुल्क यात्रा गर्न पाउने

काठमाण्डौ, १३ असार । साझा यातायातमा यात्रा गर्दा अबदेखि ज्येष्ठ नागरिक र शारीरिक कमजोरी भएका अशक्तले भाडा तिर्नुपर्ने छैन । ज्येष्ठ नागरिकका साथै शारीरिक रुपमा अशक्तले पनि साझा यातायातका जुनसुकै बस चढ्दा भाडा तिर्नु नपर्ने साझा यातायातले जनाएको हो ।

अबदेखि साझाका सबै गाडीमा स्मार्ट कार्डबाटै भाडा तिर्न सकिने व्यवस्था मिलाउने तयारी भइरहेको साझाले जानकारी दिएको छ । हाल १० वटा गाडीमा मात्र यो सेवा उपलब्ध छ।

यसैबीच १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि महानगरले साझा यातायातलाई ५ करोड रूपैयाँ उपलब्ध गराएको छ। मंगलबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा महानगरपालिकाले साझालाई उक्त रकम हस्तान्तरण गरेको हो।