काठमाण्डौ–तराई द्रूत राजमार्ग निर्माण गर्दा चलनचल्तीका आधारमा मुआब्जा नदिइएको भन्दै विरोध

काठमाण्डौ, १३ असार । काठमाण्डौ–तराई मधेश द्रूत राजमार्ग निर्माण गर्दा चलनचल्तीका आधारमा मुआब्जा नदिइएको भन्दै ललितपुरमा सैवु, खोकना र बुङ्मतीका स्थानीयले ललितपुरको जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

उनीहरु मंगलबार विरोध जुलुससहित ललितपुर प्रशासन कार्यालय पुगेर धर्नामा बसेका हुन् । द्रूत राजमार्ग निर्माण गर्दा सांस्कृतिक धरोहर मेट्न नहुने, चलनचल्तीका आधारमा मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग उनीहरुको छ ।

काठमाण्डौलाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो काठमाण्डौ–निजगढ सडकका लागि सरकारले निर्माणका लागि पहल लिएको छ ।