लायन्स क्लव काठमाण्डौकाे अध्यक्षमा पुनः शिव अधिकारी निर्विरोध

काठमाण्डौ, १३ असार । लायन्स क्लव इन्टरनेशनल डिस्टिक ३२५–एटु नेपाल, लायन्स क्लव अफ काठमाण्डौं, होराइजनको अध्यक्षमा शिव अधिकारी पुनः  निर्विरोध निर्वाचित भएका छन् ।

राजधानीमा हिजो सम्पन्न क्लवको १५ औं कार्यसमिति निर्वाचनले उनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा बलराम न्यौपाने, सचिवमा पर्यटन व्यवसायी टिका भण्डारी, कोषाध्यक्षमा हरिशरण थपलिया र मेम्बरसिप कमिटि चेयरम्यान रामकुमार थपलिया निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष अधिकारीले लायन्सको मर्म र भावना अनुसार सामाजिक काममा आफ्नो टिम अहोरात्र लाग्ने बताउँदै छिट्टै संस्थालाई थप चलायमान बनाउन बृहत् कार्यक्रमको आयोजना गर्ने तयारीमा आफू लागिसकेको पनि बताए । नवगठित कार्यसमिति बैठकले संस्थापक अध्यक्ष रामशरण थपलियालाई सल्लाहकारमा मनोनयन समेत गरेको छ ।