Breaking News

काठमाण्डौको मुख्य नाका नागढुङ्गाबाट लागुऔषध सहित एकजना पक्राउ

काठमाण्डौ, १३ असार । काठमाण्डौको मुख्य नाका नागढुङ्गा चेकपोष्टबाट प्रहरीले लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

चेक जाँचको क्रममा लागु औषध सहित सर्लाहीका मनोज साह भनिने २८ वर्षे दुर्गबहादुर खुलाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ । बाराको कैलैयाबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ६ ख ४८८५ नम्बरको यात्रुबहाक बसमा लागु औषध ल्याएर आउँदै गरेका उनलाई चेकजाँचका क्रममा पक्राउ गरिएको नागढुङ्गा प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

उनको साथबाट झोलामा लुकाएर राखेको अवस्थामा ४०० एम्पुल डाइजेल्याव, ४०० एम्पुल नुफिर्न र ४०१ एम्पुल फेनार्गन गरी जम्मा १२०१ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक घर्ती मगरले बताए । पक्राउ परेका दुर्गबहादुरबारे अनुसन्धान सुरु गरिएको छ ।

shares