गुल्मीमा चट्याङ्ग लागेर २ को मृत्यु एक घाइते

शिवलाल सुवेदी / गुल्मी, १३ असार । गुल्मीमा चट्याङ्ग लागेर दुई जनाको ज्यान गएको छ । भने एक जना घाइते भएका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका ६ धुर्कोरजस्थल गैराखर्क बस्ने ११ बर्षिय कमल थापाको ज्यान गएको छ । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा सोमबार राति ज्यान गएको बुबा बाबुराम थापाले बताए । आफ्नै घरकाे आगनमा खेलिरहेका कमललाई दिउँसो एक्कासी चट्याङ्गले हानेको थियो । उनलाई धुर्कोट स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल तम्घास ल्याएका थियो । अचेत अवस्थामा रहेका उनको राति ज्यान गएको हो ।

त्यस्तै मालिका गाउँपालिका ५ छापमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । घरमा बसिरेका बेला  २७ बर्षिय प्रदिप थापाको पनि चट्याङ्गले हानेर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दिउँसो एक्कासी चट्याङ्गले हानेपछि प्रदिपको घटना स्थलमै ज्यान गएको हो । त्यस्तै सोहि स्थानकी २० बर्षिय बिना भण्डारी चट्याङ्ग लागेर गम्भिर घाइते भएकी छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको बुवा डिलाराम भण्डारीले बताए ।