Breaking News

गुल्मीमा सोमबार साँझसम्ममा करिब ७५ प्रतिशतले मतदाता परिचय पत्र लिए

गुल्मी, १२ असार । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि गुल्मीमा आज साँझसम्म ७५ प्रतिशत मतदाताले परिचयपत्र लिएका छन् ।

आईतबार र सोमबार परिचयपत्र बाडेर बाँकी रहेकालाई मगंलबार बिहान पनि परिचयपत्र बाँडिने बताइएको छ । कतिपय मतदाता मुलुकबाहिर र कतिपय जिल्ला बाहिर रहेकाले सवै परिचयपत्र वितरण नहुने जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले बताए । सोमबार साँझसम्म करिब ७५ प्रतिशत मतदाता परिचयपत्र बाँडिसकिएको र मगंलबार बिहान पनि लिन आएमा वितरण गरिने उनले जानकारी दिए ।

२ नगरपालिका र १० गाउँपालिका सहित १२ स्थानीय तह रहेको गुल्मी जिल्लामा २ सय ४० मतदान केन्द्र रहेका छन् । जिल्लाबाट ४ सय ८९ जना जनप्रतिनिधि छानिने छन् । ४ सय ८९ जनप्रतिनिधिका लागि १ हजार ४ सय २० जनाको उम्मेदवारी परेको छ । यता स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

सुरक्षा व्यवस्था मजबुद भएको र स्थानीय राजनीतिक दलहरुको सहकार्य राम्रो भएकाले निर्वाचन शान्तिपूर्ण हुने प्रमुख जिल्ला अधिकारीले दाबी गरे ।

shares