September 20, 2017

पाँचथर चुनावमय बन्दै, गाउँ फर्कनेको ओइरो

काठमाण्डौ, १२ असार । रोजगारी र अन्य कामका सिलसिलामा पाँचथर जिल्ला बाहिर रहेका मतदाता अहिले धमाधम गाउँ फर्किरहेका छन् ।

जिल्ला बाहिर मात्रै नभएर सदरमुकाममा बस्ने मतदाता समेत गाँउ फर्किएपछि चुनावी माहोल थप तातेको छ । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदाताहरु मतदान गर्न निक्कै आतुर देखिएका छन् । निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो ।

मतपेटिका, मतपत्र सहित कर्मचारीहरु गाँउमा पुगेर मतदाता परिचय पत्र वितरण गरिरहेका छन् । मतादाता परिचय पत्र दिने तथा मतदान स्थल बनाउने काम भइरहेको छ ।

पाँचथर जिल्लामा ८ स्थानीय तहको लागि १ सय ५६ मतदान केन्द्र तोकिएको छ । कुल ६० वटा वडा रहेको पाँचथरमा १ लााख १६ हजार ६ सय २८ मतदाता रहेका छन् ।