August 21, 2017

अफगानिस्तानी रक्षामन्त्री र सेना प्रमुखको राजीनामा

काठमाण्डौ, ११ वैशाख । अफगानिस्तानमा तालिवानको आक्रमणमा परेर दर्जनौं प्रहरी मारिएको तीन दिनपछि रक्षामन्त्री अब्दुलाह हाबिबिले राजीनामा दिएका छन् ।

अफगानिस्तानको मजार इ शरिफ नजिकैको सैन्य क्याम्पमा तालिवानको आक्रमणमा दर्जनौं मारिएपछि रक्षामन्त्री र सेना प्रमुख क्वाडम शाह शाहिमले राजीनामा दिएका हुन् । सरकारको सेनाको तालिवानी सँग लड्ने क्षमताको बिषयमा अनेकौं टिप्पणी बाहिर आएपछि रक्षामन्त्री र सेना प्रमुखले राष्ट्रपति अशरफ घानी समक्ष राजीनामा दिएको बिबिसीले बताएको छ ।

सन् २००१ यत सरकारी सेनामाथी तालिवानीले गरेको यो सबैभन्दा ठुलो आक्रमण हो । शुक्रबार सैन्य भेषमा रहेका तालिवानीले आक्रमणमा गर्दा १६० जना सरकारी सेनाको मृत्यु भएको थियो भने दर्जनौंको संख्यामा घाइते भएका थिए । दर्जनौं सरकारी सेना मारिएपछि सरकारले आईतबार राष्ट्रिय शोकको घोषणा समेत गरेको थियो ।