September 23, 2017

प्रेमपत्र लेख्ने उमेरमा करियरमा ध्यान दिएँः कंगना

काठमाण्डौ, १२ असार । अभिनेत्री कंगना रनावतले आफ्नो यौवन अवस्था अरुको भन्दा फरक किसिमले बितेको बताएकी छिन् ।

उनले भनिन्, ‘यौवनावस्थामा सामान्य केटीहरु माया र पिरतीका कुरा गर्ने र प्रेमपत्र लेख्ने गर्दछन् । तर मैले त्यसो गरिनँ । म धेरै मेहेनत गर्दथे र मेरो अधिकांश समय महेश भाटजस्ता बौद्धिक वर्गको बीचमा बित्ने गर्दथ्यो ।’

कंगनाले १७ वर्षकै उमेरमा फिल्म ‘ग्याङस्टार’ बाट डेब्यु गरेकी थिइन्, जसलाई भाटले नै सह–निर्माण गरेका थिए । आफूले कहिल्यै बच्चा जसरी खेल्ने समय नपाएको पनि कंगनाले बताइन् ।