July 21, 2017

८ वर्षीय बालकको आँखाको उपचारको लागि २ लाख ५५ हजार सहयोग

पुरुषोत्तम गिरी / असार १२, सल्यान । ८ वर्षीय आँखाका बिरामी सुजन कवरको उपचारको लागि २ लाख ५५ हजार सहयोग रकम जुटेको छ ।

आर्थिक अवस्था कमजोर भएका सल्यान शारदा नगरपालिका १२ सानोडाँग्रीका बालक कवरको उपचारका लागि सहयोग अभियान सल्यानी युवा सञ्जालले चलाएको थियो । सुजनको दाँयाँ आँखाको नानी वरपरको भाग पाकेर नानी बाहिर निस्किँदै गरेको छ ।

अभियानमा देश तथा विदेशमा रहेका व्यक्ति तथा सल्यानका उद्योगी, व्यापारी तथा सबैले सहयोग गरेका थिए । आज एक कार्यक्रमको आयोजना गरी बागचौर नगरका प्रमुख लोकमान बुढाथोकीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *