September 21, 2017

लोकसेवाको पाठ्यक्रम समायानुकुल परिमार्जन हुनुपर्नेमा सरोकारवालाहरुको जोड

काठमाण्डौ, १२ असार । लोकसेवा आयोगको पाठ्यक्रम अत्यन्तै पुरानो पाठ्यक्रम र समानुकुल अद्यावधिक हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

लोकसेवा आयोगले सोमबार काठमाण्डौमा गरेको ‘संगठित संस्थाहरुको पदपूर्ति’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले आयोगको वर्तमान परीक्षा प्रणाली पनि अव्यवहारिक भएको समेत बताएका छन् । वर्तमान परीक्षा प्रणालीका कारण नै आवश्यक संख्यामा उर्तिण नहुने समस्या देखिएको उनीहरुको भनाई छ ।

कार्यक्रममा सहसचिव झक्कप्रसाद आचार्यले संगठित संस्थाहरुको पदपूर्ति विषयमा कार्यपत्रप्रस्तुत गरेका थिए । त्यस्तै सहसचिव पाराश्वर ढुङ्गानाले संगठित संस्थाका कर्मचारी सेवाका शर्त सम्बन्धी कानून बढुवा र विभागीय कारबाही सम्बन्धी सामान्य सिद्धान्तबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।