वर्षाले प्रभावित खेलमा भारत १ सय ५ रनले विजयी

काठमाण्डौ, १२ असार । भारतले दोस्रो एकदिवसीय क्रिकेटमा वेष्टइण्डिजलाई १ सय ५ रनले पराजित गरेको छ ।

वर्षाले प्रभावित दोस्रो एकदिवसयमा भारतले वेष्टइण्डिजलाई १ सय ५ रनले पराजित गरेको हो । वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३ सय १० रन बनाएको थियो । उसका लागि अजिंक्या राहानेले १ सय ३ तथा कप्तान विराट कोहलीले ८७ रनको इनिङ खेले । बलिङमा वेष्टइण्डिजका अल्जारी जोसेफले २ विकेट लिए ।

३ सय ११ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले निर्धारित ४३ ओभरमा ६ विकेट गुमाएर २ सय ५ रनमात्र जोड्न सक्यो । उसका लागि साइ होपले ८१ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले तीन तथा भुवनेश्वर कुमारले दुई विकेट लिए । यो जीतसँगै पाँच एकदिवसिय क्रिकेट शृंखलामा भारतले एक–शुन्यको अग्रता लिएको छ ।