Breaking News

सप्तरीमा ट्रक र माइक्रो एक आपसमा ठोक्किदा ९ घाइते

काठमाण्डौ, १२ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिकामा आज बिहान ट्रक र माइक्रो बस आपसमा ठोक्किदा ९ जना घाइते भएका छन् ।

घाइते मध्ये २ को अवस्था चिन्ताजनक छ । पश्चिम जाँदै गरेको बा २ ख २७४१ नम्बरको ट्रक र पूर्व जाँदै गरेको बा ३ ख ८६६८ नम्बरको माईक्रो बस कदमाहा चोकमा ठोक्किएका थिए । दुर्घटनाग्रस्त ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

माइक्रोका चालक फरार रहेकाले खोजी भइरेहको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

shares