दार्जिलिङमा राज्यबाट दमन भएको भन्दै विप्लव नेतृत्व नेकपाको काठमाण्डौमा विरोध प्रदर्शन

काठमाण्डौ, १२ असार । भारतको दार्जिलिङमा राज्यबाट दमन भएको भन्दै नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाण्डौमा विरोध प्रदर्शन गरेको छ ।

गोर्खाल्याण्डको माग गर्दै आन्दोलनरत नेपाली भाषी समुदायमाथि भारत सरकारबाट दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । त्यसअघि काठमाण्डौको शान्तिबाटिकाबाट बृहत् विरोध जुलुस निकालिएको थियो ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोलाले नेपाली भाषी भएकै कारण दमन भएको र यो मानवअधिकारको घोर उल्लंघन भएको बताए । भारतकै अन्य राज्यका जनताले आन्दोलन गर्दा सुनुवाई भए पनि दार्जिलिङमा दमन भएको भन्दै उनले गोर्खाल्याण्डको मागलाई नेपालसँग जोडेर नहेर्न आग्रह समेत गरे ।