August 19, 2017

स्वास्थ्य क्षेत्रमा जनतालाई लक्षित गरेर नयाँ काम गरिरहेको प्रधानमन्त्रीको दाबी

काठमाण्डौ, ११ वैशाख । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताएका छन् ।

सोमबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु गरिएको भन्दै यसले जनताको स्वास्थ्य सेवामा परिवर्तन हुने बताए । उनले रचनात्मक र जवाफदेही भएर काम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने संकल्प गर्नुपर्नेमा जोड दिए ।

सभामा स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकूलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेको बताए । सभाले प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा पनि महत्वपूर्ण निर्णयहरु गरेको छ ।