September 23, 2017

भाेजपुरकाे प्याउली मराङडाँडामा तीन बालबालिका मृत अवस्थामा भेटिए

भोजपुर, १२ असार । जिल्लाकाे अरूण गाउँपालिकामा आइतबारदेखि हराएका तीन बालबालिका सोमबार बिहान  मृत अवस्थामा भेटिएका छन् ।

उनीहरू  प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछापोखरीमा  मृत अवस्थामा भेटिएकाे  जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी  दिएकाे छ । मृत भेटिनेमा  १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र ८ वर्षीय प्रदीप फुयाँल रहेका छन ।

उनिहरुकाे मृत्यु कसरी भयाे भन्ने बारेमा जनकारी नभएकोले घटना शंकास्पद देखिएको भन्दै थप अनुसन्धनको लागि सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेसहितको टोली घटनास्थलमा गैसको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।