November 17, 2017

कोलम्बियामा १ सय ५० यात्रु सवार डुंगा डुब्दा ६ काे मृत्यु, १६ बेपत्ता

काठमाण्डौ,१२ असार । कोलम्बियाको उत्तर पश्चिम भेगमा डुंगा डुब्दा कम्तिमा ६ जनाकाे मृत्यु भएकाे छ भने १६ जना बेपत्ता भएका छन् ।

उत्तर पश्चिम कोलम्बियामा १ सय ५० यात्रु सवार डुंगा डुबेको अधिकारीहरुले बताएका छन् । पर्यटकीय नगरी ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुंगा डुबेको थियो । दुर्घटना लगतै अन्य डुंगाले पीडितहरुको उद्धारकाे प्रयास गरेका थिए भने सहयाेगका लागि सेनाको हेलिकोप्टर पनि पुगेको छ ।

स्थानीय अधिकारीहरुले उद्धार गरिएका मध्ये २० जनाको अवस्था गम्भीर रहेको जनाएका छन् । उनीहरुलाई अस्पताल पठाइएको छ । सो डुङ्गामा पानी छिरेपछि छिटोछिटो डुब्न थालेको बताइएकाे छ ।