म फिल्म लाइनमा लाग्छु भन्दा मेरा आमाबुबा डराएका थिएः कृति

काठमाण्डौ, ११ असार । अभिनेत्री कृति सोननले आफू फिल्मी लाइनमा आउनु अघिको रहस्यलाई खोलेकी छिन् ।

कृतिका अनुसार उनको परिवार कृतिलाई फिल्मी लाइनमा आएको हेर्न चाहँदैनथे । आफ्नो परिवारको बारेमा खुलाशा गर्दै कृतिले भनिन्, ‘म फिल्ममा काम गर्न चाहन्छुभन्दा मेरा आमाबुबा डराएका थिए ।’ उनले थपिन्, ‘मेरा अभिभावकलाई मप्रति विश्वास थियो तर उनीहरु मध्यमवर्गीय अभिभावक जसरी नै डराएका थिए ।’

कृतिले सन् २०१४ मा ट्राइगर श्रफसँग ‘हिरोपन्ति’ चलचित्रबाट डेब्यु गरेकी थिइन् ।