October 21, 2017

सिरियामा कार बम विस्फोटः १० नागरिकको मृत्युु, ३० घाइते

काठमाण्डौ, ११ असार । सिरियामा कार बम विस्फोट हुँदा कम्तिमा १० सिरियाली नागरिकको मृत्यु भएको छ ।

सिरियाको इद्लिव भन्ने स्थानमा कार बम विस्फोट हुँदा अरु ३० जना घाइते भएको सञ्चारमाध्यमहरुले बताएका छन् । सिरियाली सरकारले ६ सय ७२ कैदीहरुलाई अदालतबाट मुक्त गर्ने घोषणा गरेको भोलिपल्ट नै यो विस्फोट भएको हो । ती कैदीहरुलाई मुस्लिमहरुको महान् चाड इद–उल–फित्रको अवसर पारेर मुक्त गर्न लागिएको हो ।

यद्दपि यो आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन ।