July 21, 2017

कब्जियत छ भने यी चीजको प्रयोग गर्नुस्–

काठमाण्डौ, ११ असार । खानपानमा बदलाव आउनुको कारण अहिले कब्जियत हुनु सामान्य कुराजस्तै भइसकेको छ । कब्जियत हुनु भनेको अरु रोगहरुलाई निम्तो दिनु हो ।

यसबाट कसरी बच्ने त, यसो गर्नुस्–

१. दाख


कब्जियतको पीडालाई दूर गर्न दाख एक असरदार र प्रभावकारी औषधी हो । ८–१० दाखलाई दूधमा उमालेर दैनिक सेवन गर्दा पेटमा शीतलता महशुस हुन्छ । साथै दीर्घशंका गर्दा पनि कुनै कठिनाई हुँदैन ।

२. पाकेको मेवा


पाकेको मेवामा सबै प्रकारको भिटामिन पाइन्छ । यो पेटको रोग ठीक गर्नका लागि पनि निकै लाभदायक हुन्छ ।

३. स्याउ र अंगुर


स्याउ र अंगुर कब्जियतको लागि निकै लाभदायक मानिन्छ । यी फलफूलको रस सेवन गर्नाले पेटमा शीतलता हुन्छ ।

४. गोलभेँडा


गोलभेँडालाई साधारण भाषामा टमाटरको रुपमा चिनिन्छ । टमाटर पनि कब्जियतको अचुक औषधी हो । खानाका साथ सलादमा काँचो टमाटर निकै लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *