September 26, 2017

चेलिबेटी बेचविखन हटाउन शिक्षा र चेतनाको खाँचो रहेको सरोकारवालाहरुको जोड

काठमाण्डौ, ११ असार । सरोकारवालाहरूले चेलिबेटी बेचविखन समस्या समाधान गर्न शिक्षा र चेतना अभिवृद्धि गर्ने कार्यक्रमको खाँचो रहेको बताएका छन् ।

‘हिमानी ट्रस्ट’ को आयोजनामा काठमाण्डौमा आज भएको चेलिबेटी बेचबिखन न्यूनीकरण कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् । कार्यक्रमको पूर्व युवराज्ञी हिमानी राणाले उद्घाटन गरेकी हुन् । कार्यक्रममा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले राज्यले चेतनाअभिवृद्धि गर्ने कार्यक्रमलाई बढावा दिनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा ‘शक्ति समूह’ का कलाकारहरुले चेतनामूलक कार्यक्रम प्रस्तुत गरेका थिए ।