September 21, 2017

निर्वाचन आयोगको कामबारे पूर्व आयुक्त नै असन्तुष्ट

काठमाण्डौ, ११ असार । पूर्वप्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले निर्वाचन आयोगको कामकारबाही पछिल्लो समय सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।

आईतबार काठमाण्डौमा भएको साक्षात्कारमा उनले निर्वाचन आयोगले संवैधानिक गरिमा राख्न नसकेको गुनासो पनि पोखे । श्रेष्ठले निर्वाचनको मिति सारेर चरण–चरणमा गर्दा मुलुकमा सालभरि नै निर्वाचन भइरहने बताए । उनले दोस्रो चरणको निर्वाचनको मौन अवधि आजै रातिबाट सुरु हुने बताउँदै चुनावले राजनीतिक दलहरुलाई पोजिटिभ भाईव्रेन्ट ल्याएको दाबी गरे ।

असार १४ गतेको निर्वाचन पनि मध्य वर्षामा तोकिनु गलत भएको टिप्प्णी गर्दै श्रेष्ठले निर्वाचनमा आचारसंहिता पूर्ण रुपमा लागू हुन नसकेको बताए । त्यस्तै सरकारले निर्वाचनको मिति तोक्नु गलत भएको र यसले निर्वाचन आयोगलाई नै कमजोर बनाएको उनको तर्क थियो ।