ब्रिटेनी संसदमा साइबर आक्रमण

काठमाण्डौ, ११ असार । ब्रिटेनको संसदमा विभिन्न राजनीतिक दलका नेता र कर्मचारीको एकाउण्टलाई निशाना बनाइ साइबर आक्रमण भएको छ ।

ब्रिटेनका उच्च अधिकारीका अनुसार नेता र कर्मचारीहरुको इमेल एकाउन्ट ह्याक गर्ने भरपुर कोशिश भएको थियो । यो घटनापछि सबै सांसद र संसदीय कर्मचारीको इमेलमाथि रिमोट एक्सेस बन्द गरिएको छ ।

अब लण्डन बाहिर रहेका कुनै पनि नेता एवम् कर्मचारीले आफ्नाे इमेल प्रयोग गर्न नसक्ने भएका छन् ।