टुरिजम डेभलपमेण्ट बैंक नयाँ सेवा-सुविधाका थप अघि बढ्दै

काठमाण्डौ, ११ असार । टुरिजम डेभलपमेण्ट बैंकले प्रविधिमा आधारित थप नयाँ सेवा–सुविधा थप गरेको जनाएको छ ।

सातौं वर्ष पूरा गरी आठौं वर्ष प्रवेशको उपलक्ष्यमा काठमाण्डौमा आज कार्यक्रम गरी बैंकले नयाँ सुविधा थप गरेको जानकारी दिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले इएमभी चिप प्रविधिमा आधारित भिषा कार्ड, युएस डलर कार्ड, अन्तर्राष्ट्रिय कार्ड, स्मार्ट मोबाइल बैंकिङ सेवा, पोइन्ट अफ सेल्स मेसिन सुरु गरेको बताए ।

बैंकले थप ८ शाखा र ५ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने जनाएको छ ।