November 17, 2017

नवलपरासीमा माओवादी केन्द्रको चुनावी र्‍यालीमा बम विस्फोट, १३ जना घाइते

काठमाण्डौ, ११ असार । नवलपरासीको सुनवलमा माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गर्दै बम विस्फोट हुँदा १३ जना घाइते भएका छन् ।

सुनवल नगरपालिकाका माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार डोलराज भण्डारीको चुनावी र्‍यालीलाइ लक्षित गरी सोमनाथ चोकमा बम विस्फोट गराइएको हो । विस्फोटमा घाइते भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको छ । अन्य घाइतेहरूको उपचार सुनवलमा भइरहेको जनाइएको छ ।

विस्फोटका कारण लु १ ख ६७७३ नम्बरको बस पनि क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।