नेपाली भारोत्तोलनका प्रमुख प्रशिक्षक सुनीललाल जोशी रहेनन्

काठमाण्डौ, ११ असार । नेपाली भारोत्तोलनका प्रमुख प्रशिक्षक सुनीललाल जोशीको ५२ वर्षको उमेरमा निधन भएको छ ।

उपचारका क्रममा गंगालाल हृदयरोग केन्द्र, बाँसबारीमा आज बिहान जोशीको निधन भएको हो । जोशी नेपाल ओलम्पिक संघका अध्यक्ष समेत हुन् । ओलम्पियन जोशी दक्षिण एसियाली खेलकुद सागमा नेपालका लागि सर्वाधिक पदक दिलाउने खेलाडी पनि हुन् ।

उनको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा राखिएको छ ।