October 20, 2017

मधेशी मोर्चा सहभागी नभए पनि तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने

काठमाण्डौ, ३१ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चा सहभागी नभए पनि सरकारले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता कार्यक्रममा उनले भने, ‘निर्वाचनमा भाग लिन खुट्टा कमाउनेहरु छुट्छन् । ’

प्रधानमन्त्री दाहालले सबैलाई निर्वाचनमासँगै लैजान सरकार हदैसम्म लचिलो हुँदासमेत मोर्चा सहमतिमा आउन नसकेको गुनासो गरे । निर्वाचनको माग गर्नेहरु नै अहिले निर्वाचन भाड्ने षड्यन्त्रमा लागेको भन्दै दाहालले निर्वाचन भाड्नेहरुलाई जनताले पाखा लगाउने उल्लेख गरे ।

कार्यक्रममा टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताको घोषणा गरिएको थियो । सीपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भएर टंक राईले नेपाल कम्युनिष्ट पार्टी खोलेका थिए ।

एकीकरणपछि टंक राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइने बताइएको छ ।