September 25, 2017

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे

काठमाण्डौ, ११ असार । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

दर्ज्यानी चिन्ह पाउनेहरुमा चिरञ्जीबी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल, प्रबिणकुमार श्रेष्ठ र कविन्द्रमान श्रेष्ठ छन् । महानिरीक्षक श्रेष्ठले असार ११ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकार मन्त्रिस्तरको असार ९ गतेको निर्णयले ती ५ जनालाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती गरेकाे हाे ।

सिंह बहादुर श्रेष्ठ

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमति सरिता श्रेष्ठ लगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, नारायणबाबु थापा र रामशरण पौडेल लगायत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।