November 18, 2017

भोट कांग्रेसलाई नै दिन केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री कँडेलको आग्रह

नवलपरासी, ११ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले मुख र रुप नहेरी रुख हेरेर भोट दिन, मतदातासँग आग्रह गरेका छन् ।

बर्दघाट नगरपालिका वडा नम्बर १४ मा पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व गृह राज्यमन्त्री समेत रहेका कँडेलले बर्दघाट नगरपालिकामा मात्र नभई नवलपरासीका ७ वटै स्थानीय तहमा नेपाली कांग्रेसको जीत सुनिश्चित रहेको ठोकुवा गरे ।

विभिन्न राजनीतिक दलसँग आबद्ध र स्वतन्त्र सयौं कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेता कँडेलले बर्दघाट नगरवासीको हितका लागि हिजोदेखि आजसम्म निरन्तर लागि परेको पार्टी नेपाली कांग्रेसलाई स्थानीय तहको विकास र जनताको आर्थिक समृद्धिको नेतृत्व गर्ने अवसर प्रदान गर्न आग्रह समेत गरे ।

कार्यक्रममा पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला सभापति विष्णु लामीछानेका साथै विभिन्न क्षेत्र नम्बरका जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।