देउवाको नेतृत्वमा बनेको सरकार जनताबाट नाँगिदैः नेता माधव कुमार नेपाल

सुशील ढुंगाना/ कैलाली ११ असार । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकार जनताबाट नाँगिदै गएको आरोप लगाएका छन् ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै नेता नेपालले जनतालाई क्रमिक्र रुपमा ठग्दै गएकोले जनताबाट नागिंएको बताए । जनताको पक्षमा काम गर्नु भन्दा पनि दुई नम्बरी काम गर्ने, लुट मच्चाउने, यति मात्र नभएर यो सरकारले लोकतन्त्रको नै खिल्ली उडाएको उनले बताए ।

विधिको शासन स्थपित गर्नु भन्दा पनि प्रधानमन्त्रीले मनोमानि रुपमा निर्वाचनको मिति सारेर लोकतन्त्रको उपहास गरेकाे उनकाे भनाई छ । कुनियतको साथ पूर्व प्रधानमन्त्री दाहालले पहाडी क्षेत्रमा मात्र चुनाव गराएको नेता नेपालकाे आरोप छ ।