October 17, 2017

डिअाइजी नवराज सिलवाल र अधिवक्ता शम्भू थापामाथि सरकारी छानवीन

काठमाण्डौ ११ बैशाख ।नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाइ छानवीनका लागि प्रहरी प्रधान कार्यालय बोलाइएको छ ।
सरकारी कागजात किर्ते गरेको भन्ने विषयमा छानवीनन गर्न गठित समितिले सिलवाललाई सोधपुछका लागि बोलाएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।

डिआइजी सिलवालकासाथ सिलवालका कानूनी सल्लाहकार शम्भु थापासंग पनि बयान लिइएको छ । प्रहरी महानिरीक्षककाे कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा सिलवाललाई कीर्ते गरेको आरोप लागेपछि सरकारले छानवीन समिति गठन गरेको थियो । यसअघि आईजीपीले बोलाएको बैठकमा समेत सिलवाल अनुपस्थित भएपछि प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो ।