September 26, 2017

जनताका लागि काम गर्ने मौकाको सदुपयोग गर्न शिक्षामन्त्री श्रेष्ठको सुझाव

काठमाण्डौ, १० असार । उप–प्रधान एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठले अहिले जनताका लागि काम गर्ने बेला आएको बताएका छन् ।

नेपाली कांग्रेस–स्याङजा काठमाण्डौ सम्पर्क समितिले शनिबार काठमाण्डौमा गरेको कार्यक्रममा उनले मुलुकमा संविधान कार्यान्वयनको अवस्थामा रहेको भन्दै अहिले जनताको कार्यप्रति समर्पित भई मुलुकको विकासमा लाग्नुपर्ने बताएका हुन् । उनले स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले पनि गम्भीरता पूर्वक जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राखे ।

जनप्रतिनिधिहरुलाई जनताले दिएको सुझावका आधारमा काम गर्ने समेत मन्त्री श्रेष्ठले बताए । कार्यक्रममा समितिले मन्त्री श्रेष्ठलाई सम्मान पनि गरेको थियो ।