दोस्रो टी–ट्वान्टीमा दक्षिण अफ्रिका ३ रनले विजयी 

काठमाण्डौ, १० असार । इंग्ल्याण्डविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका तीन रनले विजयी भएको छ ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रनमात्र जोड्न सक्यो । उसका लागि ज्यासन रोयले ६७ तथा जोन्नी बेरिस्टोले ४७ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका क्रिस मोरिसले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ७४ रन बनाएको थियो । उसका लागि कप्तान एबी डिभिलियर्सले ४६, जेजे स्मट्सले ४५ तथा फरहान बेहरडियनले ३२ रन बनाए । बलिङमा इंग्ल्याण्डका टम कुरानले तीन तथा लायम प्लंकेटले दुई विकेट लिए ।

दक्षिण अफ्रिकाको यो जीतसँगै ३ टी–ट्वान्टी क्रिकेट खेलको शृंखलामा १–१ को बराबरी भएको छ ।