‘गोर्खाल्यान्ड’ को समर्थनमा काठमाण्डौमा र्‍याली

काठमाण्डौ, १० असार । छुट्टै ‘गोर्खाल्यान्ड’ राज्य माग गर्दै भारतको पश्चिम बंगाल दार्जिलिङमा भइरहेको आन्दोलनको समर्थनमा काठमाण्डौमा र्‍याली निकालिएको छ ।

विभिन्न काम व्यवसायले दार्जिलिङबाट काठमाण्डौ आई बसोबास गरिरहेकाहरुले गोर्खाल्याण्डको पक्षमा र्‍याली निकालेका हुन् । खुलामन्चबाट सुरु भएको र्‍याली न्युरोड, बसन्तपुर, ठमेल, दरबार मार्गको परिक्रमा गरी खुलामन्चमा आएर टुंगिएको छ ।

र्‍यालीका सहभागीहरुले दार्जिलिङवासीको आन्दोलनमाथि भइरहेको दमनको चर्को विरोध समेत गरेका छन् ।