नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाकाे अध्यक्षमा शान्तराम बिडारी बिजयी

काठमाडौं ११ बैशाख । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा  प्रेस चौतारी नेपालका शान्तराम बिडारी निर्वाचित भएका छन् ।

सोमवार बिहान सकिएको मतगणनामा प्रेस सेण्टर र प्रेस युनियन संयुक्त प्यानलका उम्मेदवार रामकृष्ण अधिकारीलाई ११ मतले पराजित गर्दै बिडारी विजयी भएका हुन् । आइतवार भएको अधिवेशनमा ८ सय ७८ भोट खसेको थियो ।