October 19, 2017

बाँकेको डुडुवामा अागलागी, तीन बालबालिकाको मृत्यू

कमला हमाल /नेपालगञ्ज ११ बैशाख । आइतबार बाँकेको डुडुवागाउँपालिका १ बुडुवागाउँमा आगलागी हुँदा एकै घरका तीन जना बालबालिकाको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ बर्षीय पवन मौर्य, १० बर्षीय सोनी मौर्य र ८ बर्षीया रझनी मौर्या रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । हिजोरात्री ११ बजेको हावाहुरीसंगै एक्कासी लागेको आगलागीबाट घरमा सुतिरहेका बेला स्थानीय मुन्सी मौर्यका तीन छोराछोरीको मृत्यु भएको हो । आगलागीबाट बुडुवा गाउँका ८ घर जलेर नष्ट भएका छन् ।