November 17, 2017

‘हुवावे पी टेन प्लस’ सार्वजनिक

काठमाण्डाै, असार ८ । हुवावे मोवाइल कम्पनीले बजारमा नयाँ फोन सार्वजनिक गरेको छ ।

राजधानीमा एक कार्यक्रम गरी कम्पनीले हुवावे पी टेन प्लस सार्वजनिक गरेको हो । ५.५ डब्लुक्युएचडी २.५ डी ग्लास कोर्निङ ग्लास फाइब डिस्प्ले रहेको मोबाइलमा अपरेटिङ सिस्टम एनड्रोईड ७ रहेको छ । ४ जीबी र्‍याम र ६४ जीबी भण्डारण क्षमता सो मोबाइलमा रहेको छ ।

क्यामरामा फ्रन्टमा ८ मेगापिक्सल र रियर क्यामरामा डुअल २० मेगापिक्सल मानोक्रोम र १२ मेगापिक्सल आरजीबी रहेको छ । र मोबाइलको ब्याट्रीले लामो समय काम गर्ने कम्पनीको दाबी छ ।

मोबाइलको बजार मूल्य ७९ हजार ताकिएको छ ।