September 21, 2017

नेपालको संविधानले सबैधर्मको संरक्षण गरेको अध्यक्ष ओलीको जाेड

भैरहवा, असार ८ । एमालेका अध्यक्ष केपी ओलीले नेपालको संविधानले सबै धर्मको संरक्षण गरेको बताएका छन् ।

रमदान पर्वका अवसरमा राष्ट्रिय मिल्लत परिवार संघले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा उनले यस्तो बताएका छन् । संविधानले सबैलाई बराबरीको अवसर दिएको बताउँदै अध्यक्ष ओलीले एमालेले स्थानीय तहको निर्वाचनका लागि सबै स्थानमा समावेशी ढंगले उम्मेद्वार उठाएको समेत दाबी गरे ।

कार्यक्रममा मिल्लत परिवार संघले अध्यक्ष ओलीलाई सम्मान गरेको थियो ।