November 18, 2017

पहिलो चरणमा जे भए पनि दोस्रो चरणमा राम्रो नतिजा आउने राप्रपाको विश्वास

भैरहवा, असार ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष कमल थापाले स्थानीय तह अन्तर्गत पहिलो चरणको निर्वाचनमा अपेक्षा अनुसार सफलता नभएता पनि दोस्रो चरणमा राम्रो हुने विश्वास व्यक्त गरे ।

भैरहवामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले देशमा शान्ति र स्थायित्व कायम गर्न दुई राप्रपा एकिकरण भई नेपाली राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा उदय भएको र विकासको एजेण्डा भएकाले जनताले राप्रपालाई विश्वास गर्ने पनि बताए । सोही अवसरमा वरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री दिपक बोहोराले सिद्धार्थनगरबासीले राप्रपालाई विश्वास गरेर भोट हाल्ने पूर्वमन्त्री बोहोराले विश्वास लिएका छन् ।

सांसद इस्तियाक अहमद खानले प्रचण्ड गर्मिमा पनि गर्मीको अनुभूति नगरी कार्यकर्ता चुनाव प्रचार प्रसारमा लागेको र विकासका एजेण्डा जनता सामु पुर्‍याई सकेकोले राप्रपालाई कुनै पार्टीले धक्का लगाउन नसक्नेमा जोड दिए ।