‘वैदेशिक रोजगारीका लागि जान तयार ४५ प्रतिशत नेपाली नेपालमै ठगिन्छन्’

काठमाण्डौ, ९ असार । वैदेशिक रोजगारीका लागि जान तयार भएका ४५ प्रतिशत विदेश नगई नेपालमा नै गठिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

मानव अधिकारका लागि जनमञ्च, पिपुल फोरमले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । वैदेशिक रोगजारीमा ठगिएकालाई कानूनी रुपमा सघाउने उद्देश्यले स्थापना गरिएको जनमञ्चले हालसम्म १३ हजार ५ सय ५० वैदेशिक रोजगार पीडितले निशुल्क कानूनी सहायता पाएको समेत जनाएको छ ।

जसमध्ये ३७ करोड ७४ लाख ४६ हजार ८ सय ८८ रुपैयाँ क्षतिपूर्ति पाउने निर्णय भएको छ । निशुल्क सहायताका लागि सेवाग्रहीमध्ये ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला रहेको जनमञ्चले जनाएको छ । मानव अधिकारका लागि जनमञ्चले ७३ जिल्लाबाट पीडितहरु कानूनी सहायताका लागि आएको समेत जनाएको छ ।