Breaking News

तेस्रो चरणको निर्वाचन अघि संविधान संशोधन गर्ने तयारी भइरहेको श्रममन्त्री मन्सुरको स्पष्टोक्ति

काठमाण्डौ, ९ असार । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले प्रदेश नम्बर दुई को तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन गर्ने गरी अहिले तयारी भइरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री मन्सुरले संविधानको दायरालाई फराकिलो बनाउने काममा वर्तमान सरकार गम्भिर भएर लागिपरेको समेत बताए । मन्त्री मन्सुरले आगामी माघ ७ गते भन्दा पहिले नै तीनवटै निकायको निर्वाचन गर्ने गरी काम अघि बढेको समेत जिकिर गरे ।

मन्त्री मन्सुरले फरक प्रसँगमा रोजगारीको सिलसिलामा कतारमा रहेका ४ लाख नेपाली कामदारहरुको बारेमा आफूले सम्पूर्ण जानकारी लिएको बताउँदै कतारको पछिल्लो अवस्थाबारे आफूले प्रधानमन्त्री देउवालाई समेत प्रभावकारी रुपमा व्रिफिङ गरेको उनको भनाई छ ।

shares