September 20, 2017

कैलालीबाट प्रधानमन्त्रीले भनेः ‘असार १४ को निर्वाचनमा ढुक्क भएर मतदान गर्नाेस्’

सुशील ढुंगाना / कैलाली, ९ असार । प्रधानमन्त्री शेर बहादुर देउवाले यहि असार १४ गते हुने स्थानीय तह निर्वाचनमा ढुक्क भएर सहभागि हुन सबैलाई आह्वान गरेका छन् ।

धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले निर्वाचनलाई भयरहित, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सरकारको तर्फबाट कुनै कसर बाँकी नरहेको बताएका हुन् । राजपालाई सहमतिमा ल्याउनकै लागि सरकार दोस्रो र तेस्रो चरणमा निर्वाचन गर्ने निर्णयमा पुगेको बताउँदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास पनि व्यक्त गरे ।

आजै देउवाले धनगढी उप–महानगरपालिका स्थित फुलबारी र क्याम्पचोकमा पार्टीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । असार ११ गते सम्म नेपाली काँग्रेसले प्रदेश नम्बर ७ मा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने देउवाकाे कार्यतालिका रहेकाे छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री १४ गते गृह जिल्लामा मतदान गरेर काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।