पाकिस्तानी सहर ‘क्वेटा’ मा कार बम विस्फोट, ११ जना मरे

काठमाण्डौ, ९ असार । पाकिस्तानी सहर ‘क्वेटा’, बालोचिस्तानमा रहेको प्रान्तीय पुलिस अधिकारीको कार्यालय नजिक कार बम आक्रमणमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा परी अरु थप २० जना घाइते भएको सञ्चारमाध्यमहरुले बताएका छन् । विस्फोटको आवाज निकै ठूलो रुपमा सहरभरि नै सुनिएको जनाइएको छ । साथै विस्फोटका कारण कयौं कारहरु ध्वस्त हुनुका साथै कतिपय भवनका झ्यालहरु चर्किएका छन् ।

यो घटनाको कसैले दाबी नगरे पनि क्वेटा सरकारले भने विस्फोटको पछाडि भारतको हात रहेको आरोप लगाएको छ ।