November 18, 2017

बर्दियाकाे ओराली बजारमा करेन्ट लागेर एकको मृत्यु

बर्दिया,९ असार । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा करेण्ट लागेर एक जनाको मृत्यु  भएकाे छ ।

ओराली बजारमा रहेकाे हार्डवेयर पसल सञ्चालन गर्दै आएका ४२ वर्षका बसन्त सिजापतीले पसलमा रहेकाे फलामको रड मिलाउने क्रममा रडले बिजुलीको मुख्य लाईनमा छुँदा करेण्ट लागेकाे हाे ।

करेन्ट लागेर गम्भिर घाइते भएका सिजापतिलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाकारी दिएकाे छ ।