November 17, 2017

कोहलपुर नगरपालिकामा कांग्रेसकाे यस्ताे घोषणापत्र सार्वजनिक

कमला हमाल / बाँके, ९ असार । नेपाली कांग्रेसले कोहलपुर नगरपालिकाकालार्इ सुन्दर, शान्त र समृद्धि नगर निर्माण गर्ने प्रतिबद्धता सहितकाे घोषण पत्र सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाका मेयरका पदका उम्मेद्वार भानुभक्त भट्टराई र उपमेयर उम्मेदवार सन्जु कुमारी थारुले कोहलपुरलाई समुन्नत सहरका रुपमा विकास गर्ने  भौतिक विकास, आर्थिक समृद्धि, जीवनस्तर प्रबद्र्धन, सांस्कृतिक बहुआयामिकता र सामाजिक न्याय तथा सुशासनका क्षेत्रमा विभिन्न प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै सुव्यवस्थित ढल निकास, सुन्दर शहरको आधार भन्ने नारालाई व्यवहारमा उतार्न भूमिगत पाइपलाइनको माध्यमबाट ढल निकासको व्यवस्था गर्ने, ‘फेहरबाट मोहर’ अभियान सञ्चालन गरी रिसाईकिल पलान्टबाट फोहरको बहुउपयोगितामा जोड दिइने र नगर क्रिकेट वोर्ड गठन गरी प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै मेयर पदका उम्मेद्वार  भट्टराईले सुन्दर, शान्त र समृद्ध नगरका लागि का‌ंग्रेसले सार्वजनिक गरेका सबै प्रतिवद्धताहरु पुरा गर्ने बताएका छन् ।