October 22, 2017

तिते करेलाको १० अचुक फाईदाहरु–

काठमाण्डौ, १० वैशाख । आयुर्वेदमा तिते करेलालाई अचुक औषधीको रुपमा लिइन्छ । यो हाम्रो स्वास्थ्यका लागि अति महत्वपूर्ण हुने कुरा डाक्टरहरुले पनि स्विकारेका छन् ।

तिते करेलाको जुसमा यस्तो न्युट्रियन्स तत्वहरु हुने गर्दछ जसले धेरै प्रकारका स्वास्थय समस्याबाट बचाउने गर्दछ । आउनुहोस् के के छन् त तिते करेलाको जुस पिउनुका १० फाईदाहरु–

१. तिते करेलामा फाइबरको मात्रा हुने गर्दछ । यसको रस सेवन गर्नाले धेरै समयसम्म भोक लाग्दैन र तौल पनि घटाउन मद्दत गर्छ ।

२. करेलाको जुस सेवन गर्नाले ब्लड सुगरको लेवललाई पनि नियन्त्रणमा राख्न सकिन्छ । साथै यसको रस सेवन गर्नाले डाइबेटिजबाट पनि बच्न सकिन्छ ।

३. तिते करेलाको जुसमा बिटा केरोटिन र भिटामिन ए जस्ता तत्व हुन्छ । यसले गर्दा हाम्रो आँखालाई पनि स्वस्थ राख्न सहयोग पुग्छ ।

४. करेलाको रस सेवन गर्दा अल्केलाइड्सको मात्रा प्राप्त हुन्छ । जसले रक्त सञ्चालन प्रक्रियालाई सहज बनाइदिन्छ र अनुहारको चमक पनि बढ्छ ।

५. करेलाको रसमा फस्फेरस पाइन्छ । यसले हाम्रो दाँतलाई पनि मजबुत बनाउँछ र गिजा सम्बन्धी समस्याबाट पनि टाढै राख्दछ ।

६. तिते करेलाको रसमा एन्टिअक्सिडेन्ट तत्व पनि हुने गर्दछ । यसले हाम्रो शरीरलाई विषाक्त चीजबाट बचाउँछ र क्यान्सरको सम्भावना पनि घटेर जान्छ ।

७. करेलाको रसमा कोलेस्ट्रोलको मात्रा पनि निकै कम मात्रामा हुने गर्दछ । जसले हृदयघातजस्तो ठूलो रोगबाट बचाउँछ ।

८. तिते करेलाको रसमा भएको क्याल्सियमले हड्डीलाई मजबुत र बलियो राखिराख्न सहयाेग गर्दछ ।

९. करेलाको रसमा भएको पोटासियम तत्वले रक्त चापलाई सन्तुलित राखिराख्न पनि ठूलो भूमिका खेल्दछ ।

१०. करेलाको रसमा आइरन तत्व पनि पाइन्छ । यसले शरीरमा भएको रगतको मात्रा कमि भएको अवस्थामा परिपूर्ति गर्ने काम पनि गर्छ ।