September 25, 2017

आईएमई डिजिटल सोलुसनलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान

काठमाण्डौ, ८ असार । राष्ट्र बैंकले आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्योट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो । आईएमई डिजिटल अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्राण्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफंैले अथवा एजेण्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् ।