डिभिजन सडक कार्यालय भक्तपुरले सडक पेटीको अतिक्रण हटाउने प्रक्रिया सुरु गर्‍याे

काठमाण्डौ, ८ असार । डिभिजन सडक कार्यालय र स्थानीय तहको पहलमा भक्तपुरको सूर्यविनायक चोकदेखि जगाति चकुखोलासम्म सडक पेटीको अतिक्रण हटाउने प्रक्रिया सुरु भएको छ ।

सडक पेटी अतिक्रमण गरी राखिएका पसल हटाउन सो क्षेत्रका घरेबेटी र पसलवालाहरुलाई डिभिजन सडक कार्यालय भक्तपुरसहित सूर्यविनायक नगरपालिका ८ का अध्यक्ष किरण थापाले आग्रह गरेका थिए । यससँगै स्थानीय बासिन्दाले सडक पेटी अतिक्रमण गरी राखिएका सामान हटाउन ३ दिन मागेका छन् ।

सडकमा राखिएका सामानहरु हटाउँदा हुनसक्ने अवरोधलाई मध्यनजर गर्दै व्यापक मात्रामा सुरक्षाकर्र्मी परिचालन गरिएको छ । सहमति पालना नगरे सडक अतिक्रमण गरिराखेको सामग्री आफैंले नियन्त्रणमा लिने र काराबाहीको प्रक्रिया अगाडि बढाउने सडक कार्यालयले जनाएको छ ।